बगेर खेर गइरहेछ भोटको नुन
मंसिर ७, २०८१ शुक्रबार
कालिकोट – गाउँमै रोजगारी पाएपछि पलाँताका स्थानीय यसवर्ष विदेश गएनन् ।
रोग भोक र अशिक्षाको बिम्ब बन्दै आएको पलाँता फेरिँदै गएको छ । बर्सेनि एक घर एक विदेश जाने यहाँका स्थानीय यस वर्ष गाउँमै रोजगार गरेर बसेका छन् ।
पलाँतामा सञ्चालन आएक विभिन्न विकास निर्माण आयोजनामा यहाँका स्थानीयले सहजै काम पाएपछि पेट पाल्नकै लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको हो ।
घर खर्च र बालबालिकाको पढाइ लेखाइ खर्च धान्न प्रत्येक वर्ष दसैँपछि भारतको गडवाल पुग्ने पलाँता ९ का कृणबहादुर बम गाउँमै रोजगारी पाएपछि यस वर्ष विदेश गएनन् । उनी भन्छन, ‘जहाँ गएर पनि काम गर्ने हो, यहीँ काम पाए विदेश किन जानु ?’
उनी वडा नम्बर ९ खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाका अध्यक्ष छन् । पलाँता गाउँपालिकाले शिक्षा, सम्वृद्धि र आर्यआर्जनका लागि सञ्चालन गरेको गरिबी उन्मुलनः पलाँताका महिलाहरुका लागि अवसर र अधिकार परियोजनामा पलाँताकै २३ जनाले रोजगारी पाएका छन् ।
त्यस्तै समृद्ध पलाँता बनाउने उद्देश्यले तयार गरिएको पलाँता विकास निर्माण कार्यदलमा १ सय ५० जनाले रोजगारी पाएका छन् । स्थानीय उपभोक्ता समिति मार्फत कामको आधारमा भुक्तानी पाउने गरी पलाँता विकास निर्माण कार्यदलले काम गरिरहेको छ । कार्यदलले अहिले खानेपानी, विद्युत, सडक र सिँचाइमा कार्य अघि बढाई रहेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।
स्थानीय सरकारले वडा समिति, गाउँपालिका र स्वास्थ्यमा ७४ जना स्थानीय योग्यता पुगेका उम्मेदवारहरुलाइ रोजगारी दिएको छ । गाउँपालिकाले करार कर्मचारी छनोट कार्यविधि तयार गरी कर्मचारी छनोट गर्ने गरेको पलाँताका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्माले बताउनुभयो ।
प्रत्येक वडामा साना–ठूला गरी तीन–चार वडा योजनाहरु छन् । ती योजनाहरुका स्थानीयले नै काम गर्ने मौका पाएका छन् । कार्यदल निर्माणमा आफ्ना मान्छेहरु राखेको भन्ने आरोप खेपिरहेका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छा भने योग्यता र क्षमता हुनेहरुका लागि कोही कसैले रोकावट गर्न नसक्ने बताउनुहुन्छ ।
कार्यदल निर्माणपछि पलाँतामा देखिने गरी विकास भएको जिल्ला समन्वय समितिका संयोजक अनिपाल शाहीले बताउनुभयो । बेरोगारीको अन्त्य र समृद्ध गाउँपालिका निर्माणका लागि २७ सय घरधुरीमा शुद्ध खानेपानी धारा, ३ वर्षमा वडा–वडामा सडक, निःशुल्क र अनिर्वाय शिक्षा, सबै गाउँ झिलिमिली विद्युत, एक वडा एक स्वास्थ्य संस्था लगायका महत्वपूर्ण विकास कार्य गाउँपालिकाले अघि सारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।