नेपाल सुपर लिग : काठमाण्डाै र झापाबीचकाे खेल गाेलरहित बराबरी

 मंसिर १८, २०८० सोमबार १९:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा काठमाण्डाै रेजर्स एफसी र झापा एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा काठमाण्डाै र झापाले गाेलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर बनाए पनि गाेल गर्न सकेनन् ।

बराबरीसँगै काठमाण्डाै ३ खेलमा ५ अङ्क जाेड्दै तालिकाकाे ५ औँ स्थानमा छ । उति नै खेलमा २ अङ्क भएकाे झापा ८ औँ स्थानमा छ । काठमाण्डाैले पहिलाे खेलमा स्पाेर्टिङ इलामलाई १–० गाेलले हराएकाे थियाे भने एफसी चितवनसँग १–१ गाेलकाे बराबरी खेलेकाे थियाे । यस्तै झापाले पहिलाे खेलमा स्पोर्टिङ इलामसँग १–० ले हार बेहाेरेकाे थियाे भने दोस्रो खेलमा पोखरा थन्डर्ससँग १–१ गोलको बराबरी खेलेकाे थियाे ।

एनएसएलमा भाेलि मङ्गलवार ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेड खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी ५ बजे शुरु हुनेछ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया