आईपीएल क्रिकेटमा पञ्जाबले कोलकातालाई ८ विकेटले हरायो : नया...
बैशाख १५, २०८१ शनिबार
जापानमा हुने ओलम्पिक अन्तर्गत एसिया छनोट महिला फुटबलमा नेपालले भारतसँग १–१ को बराबरी खेलेको छ ।
म्यानमारको यांगुनमा बिहीबार भएको पहिलो खेलमा नेपालले भारतसँग १ – १ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको ११ औं मिनेटमा नेपालले निरु थापाको गोलबाट अग्रता लिए पनि ३७ औँ मिनेटमा भारतका लागि कमला देवीले गोल गर्दै खेल बराबरीमा ल्याएकी हुन् ।
नेपालले अर्को खेल आइतबार म्यानमार र २७ गते बंगलादेशसँग खेल्नेछ । ओलम्पिकको एसिया छनोटका लागि पहिलो चरणमा ४ समूहमा १८ देशले खेल्दैछन् ।
हरेक समूहका विजेता र उपविजेता तथा तेश्रो हुनेमध्ये दुई टिम अर्को चरण प्रवेश गर्नेछन् ।
म्यानमारमा खेल भएकाे भए पनि केही नेपाली नेपालकाे झण्डा लिएर रगशालामा उपस्थित भएका थिए ।
तस्बिर - म्यानमार फुटबल संघ