विमानस्थलबाट बरामद भएको सुन विशुद्ध अर्थात २४ क्यारेटकै भएको पुष्टि

 मंसिर २३, २०८० शनिबार ६:२५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको पुष्टि भएको हो ।

परीक्षणपछि सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको विभागले जनाएको छ । बिहीवार राति फ्लाई दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो । पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ ।

घले यो वर्ष मात्रै ५ पटक दुबई ओहोरदोहोर गरेको पाइएको छ । सुन बरामद भएको विषयमा छानबिन गर्न भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया