कोशी प्रदेशमा पहिलाे पटक एआई, रोबोटिक्स लगायतका विषयमा तालिम

 मंसिर २३, २०८० शनिबार ९:५२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – कोशी प्रदेशमा एआई, रोबोटिक्स र कोडिङलगायतका विषमा विद्यार्थीलाई तालिम शुरु भएको छ । पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रवारदेखि तालिम दिन शुरु गरिएको हो ।

मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाण्डौका प्रशिक्षकद्वारा शुक्रवारदेखि तालिम तथा अध्यापन शुरु गरेको हो ।

अहिलेको विश्व परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा भएको अत्यधिक मागलाई ध्यानमा राखी देशमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन शुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै तालिमले देशलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा  योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

विद्यालयले दूर शिक्षालाई १० लाख रुपैयाँ भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया