सन् २०२७ को महिला विश्व कप आयोजनाका लागि तीन समूहको निवेदन

 मंसिर २३, २०८० शनिबार १८:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफाले सन् २०२७ मा हुने महिला विश्व कप आयोजनाका लागि तीन वटा समूहको बोलपत्र दर्ता भएको पुष्टि गरेको छ ।

युरोपबाट बेल्जियम, नेदरल्याण्ड्स र जर्मनीले संयुक्त रूपमा निवेदन दिएका छन् । त्यस्तै, मेक्सिको र अमेरिकाले पनि संयुक्त निवेदन पेस गरेका र ब्राजिलले एकल आयोजनाका लागि निवेदन दिएको फिफाले जनाएको छ । यी निवेदनमा सन् २०२४ को मे १७ तारिखमा बैंककमा हुने फिफाको सम्मेलनमा खुला मतदानमार्फत अन्तिम निर्णय गरिनेछ ।

अमेरिकाले सन् १९९९ र सन् २००३ को महिला विश्व कप एकल आयोजना गरेको थियो भने जर्मनीले सन् २०११ को महिला विश्व कप आयोजना गरेको थियो । गएको वर्ष जुलाई र अगष्टमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए ।

यो महिला विश्व कपको फाइनलमा स्पेनले इङ्ल्यान्डलाई हराएको थियो । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया