नेपाल सुपर लिग : काठमाण्डौको हार, बुटवल लुम्बिनी तेस्रो स्थानमा उक्लियो

 मंसिर २३, २०८० शनिबार १९:३१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा साविक विजेता काठमाण्डौ रेजर्स फुटबल क्लब बुटवल लुम्बिनी फुटबल क्लबसँग पराजित भएको छ ।

आज दशरथ रङ्गशालमा भएको खेलमा बुटवल लुम्बिनीले काठमाण्डौलाई २–१ गोलले हरायो । उसका स्टेफेन बिनोङ र एरिक विष्टले गोल गरे ।

काठमाण्डौका लागि राजीव लोप्चनले एक गोल फर्काए । जितसँगै बुटवल लुम्बिनी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पहिलो खेल जितेको काठमाण्डौले त्यसपछि दुई खेलमा बराबरी खेलेको थियो । तर चौथो खेलमा उसको अपराजित यात्रा टुङ्गियो ।

यस्तै, आज भएको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिङ इलामले बराबरी खेलेका छन् । पहिलो हाफमा २–० ले पछि परेको धनगढी दोस्रो हाफमा बराबरी गर्न सफल भयो । बराबरीसँगै इलाम र धनगढीले अङ्क बाँडेका छन् । अपराजित धनगढी चार खेलमा ८ अङ्कसहित शीर्ष स्थानमा छ । 


 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया