आर्सनललाई पछि पार्दै लिभरपुल शीर्षस्थानमा

 मंसिर २४, २०८० आइतबार ६:३२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।  

गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले हरायो । जितसँगै ३७ अङ्क जोडेको लिभरपुल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

मोहमद सलाहले खेलको ७६औँ मिनेटमा र हार्वे इलियटले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै लिभरपुललाई जिताए । सलाह लिभरपुलका लागि २ सय गोल पूरा गर्ने पाँचौँ खेलाडी पनि बनेका छन् ।

क्रिस्टल प्यालेसले खेलमा शुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । जोर्डन अय्युले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि क्रिस्टल प्यालेस ७५औँ मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया