एसीसी यू-१९ : अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्ने

 मंसिर २४, २०८० आइतबार ११:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - एसीसी-१९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानसँगकाे खेलमा नेपालले टस जितेकाे छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएकाे छ । 

यसअघि भएकाे पहिलाे खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे ।  नेपालले अब अर्काे खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । 

यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । भारतले पहिलाे खेलमा अफगानिस्तानलाई पराजित गरेकाे थियाे।  

याे प्रतियाेगिताकाे सेमिफाइनल खेल मङ्सिर २९ गते हुनेछ । सेमिफाइनलमा समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता तथा समूह 'बी' को विजेता र समूह 'ए' को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया