नियमित अन्तर्राष्ट्रिय उडानको माग राखेर गौतमबुद्ध विमानस्थलमा धर्ना

 मंसिर २४, २०८० आइतबार १४:५०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान तथा पूर्ण क्षमतामा सञ्चालनको माग राखेर आज आइतवारदेखि धर्ना शुरु भएको छ । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा सङ्घ–संस्था आबद्ध सिद्धार्थ सञ्जालको अगुवाइमा धर्ना शुरु भएको हो ।

सञ्जालले गएको कात्तिक १३ गते चरणबद्ध आन्दोलनको घोषणा गर्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो । विरोधको पूर्वनिर्धारित कार्यक्रमअनुसार गएको शुक्रवार निजी क्षेत्रले भैरहवामा विरोध र्‍याली गरेको थियो ।

चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत आजदेखि शुरु भएको धर्ना अर्को निर्णय नहुन्जेलसम्मका लागि निरन्तर रहने सञ्जालले जनाएको छ । दैनिक २ घण्टाका दरले विमानस्थल परिसरमा धर्ना कार्यक्रम चल्नेछ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेपनि झन्डै १ वर्षदेखि रोकिएको छ । अहिले विमानस्थलबाट बुद्ध, यती, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरिरहेका छन् ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया