अफगानिस्तानसँगकाे खेलमा अर्जुन कुमालकाे अर्धशतक

 मंसिर २४, २०८० आइतबार १७:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा अफगानिस्तानसँगकाे खेलमा नेपालका ओपनर ब्याटर अर्जुन कुमालले अर्धशतक बनाएका छन् ।

अफगानिस्तानले दिएकाे २ सय ६२ रन पछ्याएकाे नेपालका लागि अर्जुन कुमालले ७५ बलमा अर्धशतक बनाए । ताजा अवस्थामा नेपालले ३१ ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनाएकाे छ ।

यसअघि नेपालका कप्तान देव खनाल २४, गुल्शन झा १७, दीपक बाेहरा १५, दिपेश कँडेल ११, उत्तम मगर ४ तथा विपिन रावल र आकाश त्रिपाठी शून्य रनमा आउट भए ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया