पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे

 मंसिर २४, २०८० आइतबार १९:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे ।

भारतले दिएकाे २ सय ६१ रनकाे लक्ष्य पाकिस्तानले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेटायाे । पाकिस्तानका अजन अवैसले शतक बनाए । उनी १ सय ३० बलमा १ सय ५ रन बनाउँदै नट आउट रहे । यस्तै कप्तान साद बेगले नट आउट ६८ र शाहजैब खानले ६३ रन जाेडे । बलिङतर्फ भारतका मुरुगन अभिषेकले २ विकेट लिए । 

यसअघि दुबई आईसीसी एकेडेमी मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन बनायाे । भारतका आदर्श सिंहले ६२, कप्तान उदय शहरनले ६० र सचिन दासले ५८ रन बनाए । बलिङतर्फ भारतका माेहम्मद जेशानले ४ तथा अमिर हसन र उबैद शाहले समान २ विकेट लिए ।

याे जितसँगै पाकिस्तान २ खेलमा ४ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । भारत उति नै खेलमा २ अङ्कसहित दाेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया