नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौ खेल्दै

 मंसिर २५, २०८० सोमबार १२:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् ।

खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको पोखराले चार खेलमा दुईमा जित र दुईमा बराबरी गर्दै ८ अङ्क जोडेको छ । ५ अङ्क भएर पाँचौँ स्थानमा रहेको काठमाण्डौले भने एकमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।

नेपाल सुपर लिगको शीर्ष स्थानमा ललितपुर सिटी छ । हिजोको खेलमा एफसी चितवनलाई ३–१ गोलले हराउँदै ९ अङ्क जोडेर ललितपुर सिटी एफसी शीर्ष स्थानमा पुगेको हाे । ८ अङ्क रहेको धनगढी फुटबल क्लब दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया