भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

 मंसिर २५, २०८० सोमबार १३:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - गायन रियालिटी शो ‘इण्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने माैका पाएकी छिन् । 

हिजाे प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’ फिल्मका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाउने मौका पाएको जानकारी दिएकी हुन् । 

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रभाषकाे अभिनय रहेकाे फिल्म सालारका निर्माता प्रशान्त निलले मेनुकालाई गीत गाउने अवसर प्रदान गरेका हुन् । 

उनले यो अवसरलाई आफ्नाे गायन क्षेत्रको ‘टर्निङ प्वाइन्ट’ रुपमा लिएकाे बताएकी छिन् । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन् ।

 

अन्तिम अपडेट: फागुन ९, २०८०

तपाईको प्रतिक्रिया