पाेखरामाथि काठमाण्डाैकाे पुनरागमन जित

 मंसिर २५, २०८० सोमबार १९:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा पाेखरा थन्डर्सले काठमाण्डाै रेजर्समाथि पुनरागमन जित निकालेकाे छ ।

आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखरा काठमाण्डाैसँग २–१ गाेल अन्तरले पराजित भयाे । खेलमा पाेखराले शुरुवाती अग्रता लिएकाे थियाे । पहिलाे हाफ गाेलरहित बराबरी सकिएकाे खेलकाे ५७ औँ मिनेटमा आयुष घलानले गाेल गर्दै पाेखरालाई अग्रता दिलाएका थिए ।

तर खेलकाे ८२ औँ मिनेटमा काठमाण्डाैका जुनियर एनकेनगेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । त्यसपछि इन्ज्युरी समयकाे तेस्राे मिनेटमा काठमाण्डाैका जाेकिर शाेख्रुखले गाेल गर्दै टाेलीलाई २–१ ले जिताए ।

याे जितसँगै काठमाण्डाै ५ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पाेखरा उति नै खेलमा ८ अङ्क भए पनि गाेल अन्तरका आधारमा चाैथाे स्थानमा छ । एनएसएलमा पाेखराकाे याे पहिलाे हार हाे ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया