सन्धिखर्क नगरपालिकाले हटायो ढड्डा हाजिरी

 मंसिर २७, २०८० बुधबार १२:३६:१८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएको छ । नगरपालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन् । ई–हाजिरीमा हातको ल्याप्चे लगाउन शुरु भएको छ । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिन्छ ।

नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

उहाँले कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस र कर्मचारीहरु कार्यालय समय भित्र कतै जान नसकुन भनेर यो प्रविधि लागू गरिएको जानकारी दिनुभयो ।

बिदाको लागि पनि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नु पर्दैन । सबै कर्मचारीको लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको छ । त्यहीँबाट आफ्नो बिदाको निवेदन पठाउन सक्छन् । त्यहीँ आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यही प्रविधिबाटै गर्न सकिन्छ ।

नगरपालिकाको कार्यालयमा मात्र हैन् । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य सस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन् । समयमा आए आएनन् सबै नगरपालिकामै बसेर हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख विशाल महतले बताउनुभयो ।

सेवाग्राहीलाई मात्र हैन कर्मचारीलाई पनि सजिलो भएको नगरपालिकाका रोजगार शाखा प्रमुख हिरामणी पराजुलीले बताउनु भयो । अब बिदा माग्नैका लागि भनेर नगरपालिकामा आउनु पर्ने बाध्यता हटेको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया