इन्ज्युरी समयकाे पेनाल्टी गाेलमा वीरगञ्जकाे पहिलाे जित

 मंसिर २७, २०८० बुधबार १९:२०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलाे जित निकालेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा वीरगञ्जले स्पाेर्टिङ इलाम एफसीलाई २–१ गाेलले हरायाे । इन्ज्युरी समयको आठाैँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएकाे हाे ।

खेलकाे पहिलाे हाफ एक–एक गाेलकाे बराबरीमा सकिएकाे थियाे । खेलकाे १५ औँ मिनेटमा आशिष चापागाईँकाे गाेलमा इलामले अग्रता लिएकाे थियाे । खेलकाे ३३ औँ मिनेटमा वीरगञ्जका भिसाेन गुरुङले गाेल गर्दै खेल एक–एक गाेलकाे बराबरीमा ल्याएका थिए । त्यसपछि खेलकाे इन्ज्युरी समयकाे आठाैँ मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गाेल गर्दै टाेलीलाई जिताए ।

याे खेलकाे अन्तिम समय निकै तनावपूर्ण बनेकाे थियाे । इलामका गाेलकिपर विकेश कुथुले खेल सकिएपछि रेफ्रीसँग विवाद गरेपछि उनले राताे कार्ड पाए । त्यसपछि इलामका सबै खेलाडी रेफ्रीसँग विवाद गर्न पुगेका थिए ।

याे जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जाेड्दै तालिकाकाे आठाैँ स्थानमा उक्लिएकाे छ । इलाम छ खेलमा चार अङ्कसहित तालिकाकाे पुछारमा झरेकाे छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया