पाँचखालमा महिला उद्यमी औद्योगिक पार्क बन्दै

 मंसिर २८, २०८० बिहीबार ८:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क बन्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा पार्क बन्न लागेको हो ।

महिलालाई नयाँ सीप र प्रविधिसँग जोड्ने उद्देश्यसहित बन्न लागेको पार्कको हिजो शिलान्यास भएको छ । नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूलन रणनीतिमार्फत अगाडि बढाउने लक्ष्यकासाथ पार्कलाई ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ को रूपमा ब्रान्डिङ गरिने महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण समितिकी अध्यक्ष शारदा रिजालले बताउनुभयो ।

उहाँका अनुसार औद्योगिक पार्कलाई पर्यावरणीय पर्यटन, उत्पादन क्षेत्र र सूचना तथा प्रविधिमा विभाजन गरेर तीन भागमा व्यवस्थित गराउने योजना छ । स्थानीय कच्चा पदार्थ र कृषिमा आधारित ५० वटा साना उद्योग स्थापना गरिने छ । त्यसमध्ये २५ स्टार्टअप र २५ वटा अन्य उद्योग रहने समितिले जनाएको छ ।

पार्कमा प्रदूषणमुक्त वर्षाको पानी सङ्कलन गरी एकीकृत गर्ने, फोहर व्यवस्थापन र फोहर पानीको पुनःप्रयोग गर्न मिल्ने प्रविधि जडान गरिने तथा धुलो र ध्वनि प्रदूषण कम गरिने, नवीकरणीय ऊर्जाको प्रयोगमा ध्यान दिइने समितिले जनाएको छ ।

समितिका अनुसार सबै उद्योगका लागि पार्कभित्र सेवा केन्द्र, प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेज, मार्केटिङ प्लेटफर्म, कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित मेसिनरी साझा हुनेछ । अबको दुई वर्षभित्र औद्योगिक पार्क बनाइसक्ने योजना छ ।

 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया