उड्ने मोटरसाइकलको प्रशिक्षणमा व्यस्त दुबई प्रहरी(भिडियोसहित)

 कात्तिक २३, २०७५ शुक्रबार २०:५:५ | एजेन्सी
unn.prixa.net

दुबई प्रहरीले सन् २०२० बाट उड्ने मोटरसाइकलबाट पनि आफ्नो कामकारबाही अगाडि बढाउने भएको छ ।

एक वर्षअघि अमेरिकाको क्यालिफोर्नियामा रहेको होभरसर्फ कम्पनीले उड्ने मोटरसाइकल(होभरबाइक) एउटा प्रविधि मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने प्रशिक्षणमा व्यस्त छन् अहिले दुबई प्रहरीका अधिकारीहरु । दुबई प्रहरीका ब्रिगेडियर खालिद नासेर अलराजूकीका अनुसार २०२० बाट दुबई प्रहरीले यस्तो प्रकारको मोटरसाइकलबाट गस्ती तथा अन्य कामहरु गर्नेछ । 

अहिले दुबई प्रहरीलाई निर्माता कम्पनीका दुईजनाको क्रूले यो मोटरसाइकल उडाउने प्रशिक्षण दिइरहेका छन् । 

होभरसर्फका अपरेटिङ अफिसर जोसेफ सेगुरा कोनका अनुसार यदि दुबई प्रहरीले चाहेमा चाँडै नै कम्पनीले ३०–४० वटा होभरबाइक उपलब्ध गराउन सक्नेछ । 

यो मोटरसाइकल चलाउन वा उडाउनका लागि सुरक्षाकर्मी नै हुनुपर्छ भन्ने छैन । देशको कानुनले अनुमति दिएको छ भने एक लाख ५० हजार अमेरिकी डलर खर्च गरेर यो मोटरसाइकल आफ्नो बनाउन सकिन्छ । तर उडाउनका लागि भने यसमा जडित नयाँ प्रविधिका बारेमा पोख्त हुनुपर्छ । 

अमेरिकामा भने नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन यसले पूरा गरेको छ । अमेरिकामा यो मोटरसाइकल चलाउन पाइलटको लाइसेन्स चाहिँदैन ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया