पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक फाइनलमा

 मंसिर २९, २०८० शुक्रबार १८:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे पहिलाे सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायाे ।

यूएईले दिएकाे १ सय ९४ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका कप्तान साद बागले ५० र अजान अवैसले ४१ रन बनाए । बलिङतर्फ अयमान अहमद र हार्दिक पाईले समान २ विकेट लिए । पाकिस्तानका ३ जना खेलाडी रन आउट भए ।

यसअघि दुबईकाे आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएई ४७ ओभर ५ बलमा १ सय ९३ रनमा अल आउट भयाे । यूएईका कप्तान आयल अफजल खानले ५५ र आर्यन्श शर्माले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका उबैद शाहले ४ तथा अली अस्फन्द र अर्फत मिन्हान्सले समान २ विकेट लिए ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया