नेपाल सुपर लिग : ललितपुर र झापाबीचकाे खेल गाेलरहित बराबरी

 मंसिर २९, २०८० शुक्रबार १९:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र झापा एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ ।

आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने हुन सकेन । याे बराबरीसँगै दुवै टाेलीले अङ्क बाँडेका छन् । ललितपुरले तालिकाकाे शीर्ष स्थानमा पुग्ने माैका गुमायाे ।

ललितपुर ६ खेलमा १० अङ्कसहित तालिकाकाे दोस्रो स्थानमा यथावत् छ । झापा ६ खेलमा ७ अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लेको छ ।

प्रतियाेगितामा भाेलि शनिवार दशरथ रङ्गशालामा २ वटा खेल हुँदैछ । पहिलाे खेलमा दिउँसाे १ बजे पाेखरा थन्डर्स र वीरगञ्ज युनाइटेड एफसी खेल्नेछन् भने दाेस्राे खेलमा बेलुकी ५ बजे स्पाेर्टिङ इलाम एफसी र एफसी चितवन खेल्नेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया