नेपाल सुपर लिगमा वीरगञ्जलाई हराउँदै पोखरा दोस्रो स्थानमा उक्लियो

 मंसिर ३०, २०८० शनिबार १५:२०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले वीरगञ्ज युनाइटेड फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ । यो जितसँगै पोखरा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो ।

दशरथ रङ्गशालामा पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका मोजेस ग्याबा र जो आइदुले १–१ गोल गरे । आइकिन्स बफोरले वीरगन्जका लागि बराबरी गोल गरेका थिए।

पोखरा ६ खेलमा ११ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लँदा वीरगन्ज ६ खेलमा ५ अङ्कका साथ पुछारबाट दोस्रोमा छ । आजै हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम र चितवन एफसी खेल्नेछन् । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया