काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
आईसीसी महिला टी–२० विश्वकपमा आयोजक वेष्ट इण्डिज विजयी भएको छ ।
समूह ए मा रहेको घरेलु टिम वेष्ट इण्डिजले बंगलादेशलाई ६० रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले २० ओभरमा ६ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । इण्डिजका लागि किसिया ए नाइटले ३२ रनको सर्वाधिक योगदान दिइन् । यस्तै स्टेफेनी टेलरले २९ रन जोडिन ।
बलिङतर्फ बंगलादेशकी जहानारा आलमले तीन विकेट लिइन भने रुमाना अहमेदले दुई तथा सल्मा खातुन र खादिजा तुल कुब्राले १–१ विकेट लिए । १०७ रनको लक्ष्य पछएको बंगलादेश १४।४ ओभरमा ४६ रनमा अलआउट भयो । बंगलादेशका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङतर्फ डिड्रा डोटिनले पाँच विकेट लिइन भने सकिरा सिलम्यानले २ विकेट हात पारिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।