बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो, २७ जना घाइते

 पुष ४, २०८० बुधबार ९:१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई हेटाैँडा तथा चितवन मेडिकल कलेज पठाइएको र सामान्य घाइते भएका २० जनाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया