रुसी सेनामा कार्यरत थप १ नेपालीकाे ज्यान गयाे, युक्रेनमा ४ जना बन्दी

 पुष ४, २०८० बुधबार १९:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रुसी सेनामा कार्यरत थप एक नेपालीकाे ज्यान गएकाे छ । परराष्ट्र मन्त्रालयले आज बुधवार प्रेस विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलकाे ज्यान गएकाे जानकारी दिएकाे हाे ।

यस्तै युक्रेनमा बन्धक भएका बर्दियाकाे राजापुर–१ का विवेक खत्री, काभ्रेकाे मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, माेरङकाे लेटाङ–६ का विकास राई र राेल्पाकाे रुन्टिगढी–८ का प्रतीक पुनकाे शीघ्र रिहाई गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कुटनीतिक माध्यमबाट अनुरोध गरेकाे मन्त्रालयले जनाएकाे छ ।

नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिककाे शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुन: अनुरोध गरेकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल स्वदेश फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुन: अनुरोध गरेकाे मन्त्रालयले जनाएकाे छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया