माओवादी केन्द्रले फागुनमा विधान सम्मेलन गर्ने

 पुस ५, २०८० बिहिबार १६:३:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आउँदाे फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । आज बिहीवार बसेकाे पार्टीकाे पदाधिकारी बैठकले फागुनको पहिलो हप्ता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले विधानको मस्यौदा बनाउनका लागि सात सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, उपमहासचिव वर्षमान पुन, उपमहासचिव जनार्दन शर्मा, सचिव गणेश शाह र सचिव राम कार्की रहनुभएको उहाँले बताउनुभयो । प्रवक्ता सापकोटाले पार्टीको केन्द्रीय कमिटी बैठक पनि फागुन पहिलो हप्ता नै बस्ने जानकारी दिनुभयो ।

बैठकमा पार्टीकाे चलिरहेको जनतासँग माओवादी–विशेष रूपान्तरण अभियानको समीक्षा भएको प्रवक्ता सापकाेटाले बताउनुभयो । अभियानले पार्टीलाई जीवन्त र गतिशील बनाएको र नेता, कार्यकता र नागरिकका बीचमा नयाँ ढङ्गले सम्बन्ध स्थापित भएको निष्कर्ष निकालेको उहाँले बताउनुभयाे ।

जनतासँग माओवादी–विशेष रूपान्तरण अभियान पुस १६ गते सबै पालिकामा बृहत् जनपरिचालसहित समापन हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाले पदाधिकारी बैठकमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिनुभएको विषयमा कुनै छलफल नभएको बताउनुभयो । पदाधिकारीको अघिल्लो बैठकमा राजीनामाका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया