काेशी प्रदेश प्रधानमन्त्री कपकाे प्ले अफमा, मधेसले लुम्बिनीलाई हरायाे

 पुष १२, २०८० बिहीबार १३:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काेशी प्रदेश प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे प्ले अफमा पुगेकाे छ । आज बिहीवार भएकाे खेलमा काेशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै प्ले अफमा स्थान पक्का गरेकाे हाे ।

सुदूरपश्चिमले दिएकाे १ सय १९ रनकाे लक्ष्य काेशीले १७ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायाे । काेशीका लागि काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाइन् । काजल ५४ रन बनाएर आउट भइन् भने रुबिना ५१ रनमा नट आउट रहिन् । बलिङतर्फ सुदूरपश्चिमकी अनु कडायतले २ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १८ रन बनायाे । सुदूरपश्चिमका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । बलिङतर्फ काेशीकी सबनम राई र अप्सरी बेगमले समान १ विकेट लिइन् ।

याे जितसँगै काेशी ६ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । सुदूरपश्चिम ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ ।

आजै मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायाे । लुम्बिनीले दिएकाे ९७ रनकाे लक्ष्य मधेसले १८ ओभर ५ बलमा २ विकेट गुमाएर भेटायाे । मधेसका लागि पूजा महताेले नट आउट ६० रन बनाइन् । बलिङतर्फ लुम्बिनीकी कमला जीएम र सुश्मिता भुसालले समान १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनायाे । लुम्बिनीका लागि लक्ष्मी चाैधरीले नट आउट ६४ रन बनाइन् । बलिङतर्फ मधेसकी साक्षी यादवले २ विकेट लिइन् ।

याे जितसँगै मधेसले ६ खेलमा ४ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा छ । लुम्बिनी ६ खेलमा ४ अङ्कसहित नेट रन रेटका आधारमा पाँचाैँ स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया