पाेखरालाई हराउँदै ललितपुर एनएसएलकाे फाइनलमा

 पुस १२, २०८० बिहिबार २०:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाेखरा थन्डर्सलाई हराउँदै ललितपुर सिटी एफसी दाेस्राे संस्करणकाे नेपाल सुपर लिग फुटबल (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे क्वालिफायर खेलमा पाेखरालाई २–१ गाेलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेकाे हाे । खेलकाे ३४ औँ मिनेटमा निखिल कदम राताे कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएकाे थियाे । तर पाेखराले यसकाे फाइदा उठाउन सकेन ।

खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इमाेह इजेकिलले गाेल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे ७१ औँ मिनेटमा पाेखराका स्टेफेन काेजाेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । निर्धारित ९० मिनेटकाे खेलमा थप गाेल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएकाे थियाे ।

अतिरिक्त समयकाे १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गाेल गर्दै फेरि टाेलीलाई अग्रता दिलाए । त्यसपछि थप गाेल हुन नसकेपछि ललितपुर २–१ गाेलले विजयी भयाे ।

अब ललितपुरले एनएसएलकाे फाइनलमा पर्सि शनिवार पहिलाे संस्करणकाे उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया