दाङको घोराहीका शिवराजको शव कोइला खानीको सुरुङभित्र फेला : दुई जना पक्राउ

 पुस १४, २०८० शनिबार ९:३६:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको बङ्गलाचुली गाउँपालिकामा एक पुरुषको शव फेला परेकाे छ । घोराही उपमहानगरपालिका वडा नम्बर–६ अघराका शिवराज केसीको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

केसीलाई हत्या गरी शव बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ को गदारी र फाँटाको जङ्गलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला परेको हो । केसी घोराहीको अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

गएको पुस ८ गते घरदेखि बङ्गलाचुली जान्छु भनेर हिँडेका उहाँको त्यही दिन नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । केसीको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । बङ्गलाचुली गाउँपालिका वडा नम्बर–४ गदारीका शेरबहादुर कुँवर र उनकै श्रीमती दीपालाई भारतको नयाँ दिल्लीमा भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ ।

कोइला खानीको झण्डै ५० मिटर सुरुङभित्र शव रहेको आरोपितको बयानका आधारमा खोजी गर्दा शव फेला परेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया