४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि शुभ श्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

 पुस १४, २०८० शनिबार २०:७:४८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ।

शितगङ्गा नगरपालिका वडा नम्बर ८ जलुकेमा उद्योग रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगले बाँकी महशुल र जरिबाना समेत गरी ४७ करोड रुपैयाँ नतिरेपछि गएरातिदेखि विद्युत् लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले बताउनुभयो ।

डेडिकेटेड लाइनको विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको हो । अर्घाखाँचीको शितगङ्गा नगरपालिका ८ चरिङगेमा रहेको उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया