प्रिमियर लिग : आर्सनल र फुलहम तथा टोटनहम र बर्नमाउथ खेल्दै

 पुस १५, २०८० आइतबार ९:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे आर्सनल र फुलहम तथा टोटनहम र बर्नमाउथबीच प्रतिस्पर्धा हुनेछ ।

आर्सनल १९ खेलमा ४० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । आजको खेलमा फुलहमलाई हराउन सकेमा शीर्ष स्थानमा पुग्नेछ । उसको २० खेलमा ४३ अङ्क पुग्नेछ । अहिले शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अङ्क छ । दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको २० खेलमा ४२ अङ्क छ ।

गएरातिको खेलमा एस्टनभिल्लाले बर्नलीलाई ३–२ गोलले हराउँदै शीर्षस्थानको लिभरपुलसँग अङ्क बराबरी गरेको हो । गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड नटिङ्घम फरेस्टसँग २–१ गोलले पराजित भयो । अरु खेलमा चेल्सीले लुटनटाउनलाई र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई हरायो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया