सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि बिहीवार र पर्सि शुक्रवार काठमाण्डौमा हुने भएकाे छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउद र सहअध्यक्षता भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र विभिन्न सहयोग तथा सम्झौताबारे समीक्षा गर्नेछ । मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर भोलि र पर्सि हुने बैठकमा ऊर्जा, जलस्रोत, परराष्ट्र सम्बन्धलगायतका आपसी सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल हुने जनाएको छ ।
बैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । उहाँले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीले उहाँको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।