दक्षिण अफ्रिका पहिलाे इनिङ्समा ५५ रनमै अल आउट, सिराजले लिए ६ विकेट

 पुष १८, २०८० बुधबार १६:२९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतसँगकाे दाेस्राे टेस्टकाे पहिलाे इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमै अल आउट भएकाे छ ।

याे भारतसँगकाे टेस्ट क्रिकेटमा कुनै पनि टाेलीले बनाएकाे कम याेगफल हाे । यसअघि सन् २०२१ काे डिसेम्बरमा मुम्बईकाे वानखेडे स्टेडियममा न्युजिल्यान्ड ६२ रनमा अल आउट भएकाे थियाे ।

केपटाउनमा टस जितेर पहिले ब्याटिङ गरेकाे दक्षिण अफ्रिका पहिलाे दिनकाे खाना समयअघि नै ५५ रनमा समेटियाे । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जाेडे । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए । यस्तै जसप्रीत बुमराह र मुकेश कुमारले समान २ विकेट लिए ।

भारतले पहिलाे इनिङ्सकाे ब्याटिङ थालेकाे छ । २ खेलकाे शृङ्खलामा दक्षिण अफ्रिका १–० ले अघि छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया