दक्षिण अफ्रिकालाई हराउँदै भारतले रच्याे इतिहास, केपटाउनमा पहिलाे जित

 पुष १९, २०८० बिहीबार १७:४४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दक्षिण अफ्रिकासँगकाे दाेस्राे टेस्ट क्रिकेटमा भारत ७ विकेटले विजयी भएकाे छ । याेसँगै २ खेलकाे शृङ्खलामा १–१ काे बराबरी भएकाे छ । पहिलाे खेलमा दक्षिण अफ्रिका एक इनिङ्स र ३२ रनले विजयी भएकाे थियाे ।

दक्षिण अफ्रिकाले दिएकाे ७९ रनकाे लक्ष्य भारतले दाेस्राे दिनकाे खाना समयपछि ३ विकेट गुमाएर भेटायाे । भारतका यशस्वी जयसवालले २८ रन बनाए । यस्तै कप्तान राेहित शर्मा १७ रनमा नट आउट रहे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडा, नान्द्रे बर्गर र मार्काे जनसेनले समान १ विकेट लिए ।

दक्षिण अफ्रिका दाेस्राे इनिङ्समा १ सय १ सय ७६ रनमा अल आउट भएकाे थियाे । दाेस्राे इनिङ्समा दक्षिण अफ्रिकाका एडन मार्करमले शतक बनाए । मार्करम १ सय ३ बलमा १ सय ६ रन बनाएर आउट भए । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ६ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङ्समा ९८ रनले पछि पर्दा समग्रमा ७८ रनको अग्रता लिएको थियो । 

यसअघि केपटाउनमा टस जितेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिका पहिलाे इनिङ्समा ५५ रनमै अल आउट भएकाे थियाे । दक्षिण अफ्रिकाका केल भेरेनेले सर्वाधिक १५ रन बनाए । यस्तै यस्तै डेभिड बेडिङघमले १२ रन जाेडे । अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ भारतका माेहम्मद सिराजले ६ विकेट लिए ।

भारतले पहिलाे इनिङ्समा १ सय ५३ रन बनाएकाे थियाे । भारतका विराट काेहलीले सर्वाधिक ४६ रन बनाए । यस्तै कप्तान राेहित शर्माले ३९ र शुभमन गिलले ३६ रन जाेडे । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसाे रबाडा, लुङ्गी एनगिडी र नान्द्रे बर्गेरले समान ३ विकेट लिए ।भारतले पहिलाे पारीमा ९८ रनकाे अग्रता लिएकाे छ ।

याे जितसँगै भारतले केपटाउनमा इतिहास रचेकाे छ । भारत केपटाउनमा टेस्ट क्रिकेट जित्ने पहिलाे एसियाली देश बनेकाे छ ।

यसैबीच भारत र दक्षिण अफ्रिकाबीचकाे याे खेलले टेस्ट क्रिकेटमा अर्काे इतिहास रचेकाे छ । कुल खेलिएकाे बलकाे आधारमा याे खेल क्रिकेट इतिहासकै सबैभन्दा छिटाे सकिएकाे टेस्ट क्रिकेट बनेकाे छ ।

९२ वर्ष पुरानाे कीर्तिमान ताेड्दै केपटाउन टेस्ट मात्र ६ सय ४२ बल (१ सय ९ ओभर) मा सकिएकाे हाे । यसअघि सन् १९३२ मा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे टेस्ट क्रिकेट ६ सय ५६ बलमा सकिएकाे थियाे ।

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया