भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट वरीयताकाे शीर्ष स्थानमा

 पुष २०, २०८० शुक्रबार १६:३२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलिया आईसीसीकाे टेस्ट क्रिकेट वरीयताकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।

आईसीसीकाे पछिल्लाे वरीयतामा भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटकाे वरीयतामा पहिलाे नम्बरमा पुगेकाे हाे । यस्तै भारत टेस्ट वरीयताकाे दाेस्राे स्थानमा छ । यसैगरी इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्राे, चाैथाे र पाँचाैँ स्थानमा यथावत् छन् ।

टेस्ट वरीयताकाे ब्याटरतर्फ न्युजिल्यान्डका केन विलियमसन शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका जाेए रुट दाेस्राे र अस्ट्रेलियाका स्टेभेन स्मिथ तेस्राे स्थानमा यथावत् छन् । टेस्ट वरीयताकाे बलिङतर्फ भारतका रविचन्द्रन अश्विन, दक्षिण अफ्रिकाका कागिसाे रबाडा र अस्ट्रेलियाका प्याट कमिन्स क्रमशः पहिलाे, दाेस्राे र तेस्राे स्थानमा यथावत् छन् ।

तस्बिर क्रिकेट : अस्ट्रेलिया

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया