पाकिस्तानसँगको टेस्ट शृङ्खलामा अस्ट्रेलियाको क्लिन स्वीप : डेविड वार्नरको अन्तिम टेस्ट

 पुस २१, २०८० शनिबार १०:४३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अस्ट्रेलियाले पाकिस्तानसँगको टेस्ट क्रिकेट शृङ्खलामा क्लिन स्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली आठ विकेटले विजयी भयो । यसअघि पर्थमा भएको पहिलो टेस्ट ३ सय ६० र मेलबर्नमा भएको दोस्रो टेस्ट ७९ रनले जितेको अस्ट्रेलियाले शृङ्खला ३–० ले आफ्नो पक्षमा पारेको हो ।

जितका लागि एक सय ३० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दुई विकेट गुमाएर चौथो दिन पहिलो सेसनमै भेट्टायो । उसका मार्नस लाबुसेन ६२ रनमा अविजित रहे । आफ्नो अन्तिम टेस्ट खेलेका डेविड वार्नर ५७ रनमा आउट भए । वार्नरले अब अष्ट्रेलियाको टोलीबाट टी–२० मात्रै खेल्नेछन् । उनले टेस्ट र एकदिवसीयमा यसअघि नै सन्यासको घोषणा गरेका थिए ।

सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा अलआउट हुँदै ३ सय १३ रन बनाएको थियो । तर अस्ट्रेलियाले २ सय ९९ रन जोडेको थियो । अस्ट्रेलिया १४ रनले पछि परेको अवस्थामा पाकिस्तानको दोस्रो पारी कमजोर रह्यो । पाकिस्तान १ सय १५ रनमा अलआउट भयो ।

एक सय २९ रनको अग्रता अस्ट्रेलियाले दुई विकेट गुमाएर पूरा गर्यो । उसका ओपनर उस्मान ख्वाजा खाता नै नखोली आउट भएका थिए । पाकिस्तानका साजिद खानले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया