रुकुम पश्चिममा साढे २७ हजार परिवारमध्ये साढे १० हजारको लागि मात्रै अस्थायी आवास

 पुष २१, २०८० शनिबार १५:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्पमा घर भत्किएका रुकुम पश्चिमका साढे २७ हजार परिवारमध्ये साढे १० हजार परिवारको लागि मात्रै अस्थायी आवास निर्माण सम्पन्न भएको छ । गएको कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले रुकुम पश्चिममा २७ हजार छ सय ८२ वटा घर भत्किएका थिए ।

भूकम्पले भत्काएका घरमध्ये अहिलेसम्म १० हजार चार सय २३ अस्थायी आवास निर्माण सम्पन्न भएको निमित्त प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

१७ हजार भन्दा धेरै पीडित परिवार दुई महिना बितिसक्दा पनि त्रिपालको चिसोमै बस्न बाध्य छन् । रुकुम पश्चिममा अहिले सात हजार ८७ अस्थायी आवास निर्माणको चरणमा रहेका बढुवालले बताउनुभयो ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट अहिलेसम्म २३ हजार छ सय आठ लाभग्राहीका लागि अस्थायी आवास निर्माण बापतको पहिलो किस्ता रकम पठाइसकेको छ । स्थानीय विपद् कोषबाट भने २१ हजार एक सय १५ लाभग्राहीले २५ हजारका दरले पहिलो किस्ता पाएका छन् । लाभग्राहीको विवरण सङ्कलनको काम अझै जारी रहेकाले रुकुम पश्चिममा लाभग्राहीको सङ्ख्या साढे तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयको अनुमान छ ।  

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया