जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम

 पुष २२, २०८० आइतबार ७:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भैरहेकाले ती ठाउँको तापक्रम अझै केही दिन शून्यभन्दा पनि तल रहन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यका र अरु ठाउँमा पनि चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम चार दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।   कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा आज पनि हिमपातको सम्भावना छ ।

तराई मधेसका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेको छ । 
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया