काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालमा धान उत्पादन बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा धानको उत्पादन चार दशमलव ३३ प्रतिशतले बढेर ५७ लाख २४ हजार मेट्रिक टन पुगेको अनुमान गरेको हो । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा पाँच दशमलव शून्य आठ प्रतिशतले बढी हो ।
धान उत्पादन बढे पनि धान लगाउने जमिन भने घटेको मन्त्रालयले जनाएको छ । धान लगाएको क्षेत्रफल गएको आर्थिक वर्षको तुलनामा यो वर्ष शून्य दशमलव ६१ प्रतिशतले कमी आई १४ लाख ३८ हजार नाै सय ८९ हेक्टर कायम भएको मन्त्रालयले जनाएको छ । धानबालीको औसत उत्पादकत्व गएको वर्षको तुलनामा झन्डै पाँच प्रतिशतले बढेर तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ ।
उन्नत बिउको उपलब्धता, रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट धान बालीमा कम नोक्सानी, मलखाद र कृषि औजारको सहज उपब्धतालगायतका कारण उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै धान कोशी प्रदेशमा उत्पादन भएको छ भने सबैभन्दा कम कर्णालीमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।