पोखरामा एक लाख रुपैयाँसहित जुवातास खेलिरहेका आठ जना पक्राउ

 पुस २३, २०८० सोमबार १०:३५:११ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पाेखरा महानगरपालिका-१२ चापापानीमा जुवातास खेलिरहेकाे अवस्थामा हिजाे आठ जना पक्राउ परेका छन् ।

एक लाख ३५ हजार ९ सय ८५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएकाे कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे । 

पक्राउ परेकामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी मुद्दामा पाँच म्याद थप गरी अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयाे। 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया