उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
काठमाण्डाै – सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएकाे छ ।
आज भएकाे लिग चरणकाे अन्तिम खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० काे साेझाे सेटमा हराएसँगै सेमीफाइनल समीकरण पूरा भएकाे हाे । गण्डकीले पहिलाे सेट २५–२१, दाेस्राे सेट २५–२१ र तेस्राे सेट २५–२१ ले जित्याे । गण्डकी समूह 'बी' काे उपविजेता बन्याे ।
यसअघि आजै भएकाे खेलमा काेशी प्रदेशलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेकाे छ । पुलिसले पहिलाे सेट २५–१५, दाेस्राे सेट २५–१९ र तेस्राे सेट २५–११ ले जित्याे । पुलिस समूह 'ए' काे उपविजेता बन्याे ।
एपीएफ र आर्मी यसअघि नै सेमीफाइनलमा पुगिसकेका थिए । एफीएफ समूह 'ए' र आर्मी समूह 'बी' काे विजेता बनेकाे थियाे । प्रतियाेगितामा यी २ टाेली अपराजित हुन् ।
अब भाेलि हुने पहिलाे सेमीफाइनलमा एपीएफ र गण्डकी तथा दाेस्राे सेमीफाइनलमा आर्मी र पुलिसबीच खेल हुनेछ । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पर्सि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।