लुम्बिनी प्रदेशमा आफ्नै गाडीबाट 'ट्रायल' दिन पाउने व्यवस्था लागू हुने

 पुष २६, २०८० बिहीबार १५:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा आफ्नै गाडीबाट 'ट्रायल' दिन पाउने व्यवस्था लागू हुने भएको छ । सेवाग्राहीले आफ्नै गाडी तथा मोटरसाइकल प्रयोग गरेर 'ट्रायल' परीक्षा दिन माग गरेअनुसार यो व्यवस्था लागू गर्न यातायात कार्यालयहरूलाई निर्देशन दिएको लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतको श्रम तथा यातायात व्यवस्था महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थीका अनुसार अब सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको 'ट्रायल' दिने क्रममा प्रयोग हुने गाडी स्वेच्छाले प्रयोग गर्न सक्नेछन् । हिजो लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखहरूसँगको छलफलमा उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले सेवाग्राहीलाई उनीहरूकै गाडी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको हो ।

अब निजी गाडीले नै 'ट्रायल' दिन पाउने तर गाडी जाँच गरेर स्वीकृत गर्नुपर्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्थीले बताउनुभयो । लाइसेन्स परीक्षा सञ्चालनसम्बन्धीको जिम्मेवारी अहिले पूर्णरूपमा प्रदेश मन्त्रालयअन्तर्गत छ । अहिले लाइसेन्सको लिखित परीक्षामा पास हुन १०० पूर्णाङ्कमा ६० अङ्क ल्याउनुपर्छ र' ट्राय'ल परीक्षामा ७० अङ्क कटाए मात्रै पनि पास भइन्छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया