काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको कामले गति लिएकाे दाबी गर्नुभएकाे छ ।
आज काठमाण्डाैमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्वालाले दुई वटै राजमार्गको कामले तीव्रता पाएकाे दाबी गर्नुभयाे । उहाँले मन्त्रायलसहितको टाेली केही दिनमै ती राजमार्गको अवलोकन एवम् निरीक्षणका लागि जाने क्रममा सर्वपक्षीय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताउनुभयो ।
मन्त्री ज्वालाले नारायणगढ–बुटवल र मुग्लिन–पाेखरा सडक खण्डमा अहिले बिजुलीकाे पोल र तारको केही समस्या रहे पनि चाँडै त्यसको समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले अहिले सडकको मर्मतलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । पछिल्लो समय दुई वटै सडक खण्डमा प्रगति उल्लेख्य रहेको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडक खण्डको समस्या पहिचान गरिसकेका छौँ । अहिले मुख्य समस्या भनेकाे स्थानीय निर्माण सामग्री हो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ–बुटवलको पूर्वी खण्डमा समस्या छैन, पश्चिम खण्डमा रहेको समस्याको समाधानका लागि पालिकासँग पनि सहमति गरिरहेका छौँ । अब निर्माण सामग्रीको पनि अभाव हुँदैन । अब ठेकेदारले आवश्यक उपकरण, जनशक्ति र बजेटको व्यवस्था गर्नुपर्छ । त्यसका निम्ति पनि हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ । अहिले तत्काललाई यी दुई वटै राजमार्गकाे मर्मतको कुरालाई प्राथमिकतामा दिउँ भनेर लागेका छौँ । हाम्रो अहिलेको प्राथमिकता भनेको एक साइट टु लेन छिटोभन्दा छिटो सक्ने गरी काम गर्ने हो । पछिल्लो समयमा प्रगति केही अघि बढेको छ । केही न केही सुधार भएको छ । काममा तीव्रता आएको छ ।’
मन्त्री ज्वालाले ठेकेदार कम्पनीले काम गरे/नगरेको बारेमा मन्त्रालयको टाेली नै गएर अवलोकन एवम् निरीक्षण गर्ने र काम नभएको देखिए ठेक्का तोड्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।