गृहमन्त्रीलाई प्रचण्डको धम्की दिएकाे भन्दै स्पष्टिकरण दिन सांसद सुवालको माग

 जेठ २७, २०७५ आइतबार १४:२०:३४ | उज्यालो सहकर्मी

काठमाडौं – प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने गृहमन्त्रीलाई शक्ति केन्द्रको आडमा धम्काउने काम भएको बताएका छन् ।

सांसदहरुले बाढी र डुबानको पूर्व तयारी लगायत समसामयिक र क्षेत्र विशेषको समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद प्रेम सुवालले समयमै निर्माण सम्पन्न नगर्ने शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीलाई कारबाही गर्न खोज्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रीलाई बोलाएर कारबाही नगर्नु भन्ने आदेश दिएको भन्नेबारे सदनलाई स्पष्ट जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

दाहालका घरबेटी समेत रहेका अधिकारीलाई कारबाही नगर्न गृहमन्त्रीलाई दिएको आदेशबारे सत्य तथ्य सदनलाई जानकारी गराउन उहाँले माग गर्नुभयो । त्यसैगरी सांसद राजकिशोर यादवले समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने गृह मन्त्रालयलाई शक्ति केन्द्रले उल्टै धम्क्याएको विषय छापामा आएको भन्दै सबैका लागि न्याय बराबर भन्ने अनुभूति नागरिकालाई दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘ठूलालाई चैन सानालाई ऐन नहोस् ।’

मधेसमा पनि निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई पनि कारबाहीको दायरामा ल्याउन उहाँले माग गर्नुभयो । उहाँले जिल्ला शिक्षा अधिकारीले मनोमानी ढंगले आर्थिक प्रलोभनमा परि शिक्षक दरबन्दी तोक्ने गरेको भन्दै दरबन्दी सम्बन्धी स्पष्ट मापदण्ड बनाउन माग गर्नुभयो ।

त्यसैगरी उहाँले मधेस आन्दोलनको सत्य तथ्य सम्बन्धी तयार भएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया