सामसङलाई पछि पार्दै एप्पल बन्यो सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी

 माघ ३, २०८० बुधबार १८:१६:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी कम्पनी एप्पल सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको छ । १२ वर्षमा पहिलो पटक कोरियाली ‘ब्रान्ड’ सामसङलाई पछि पार्दै एप्पल सन् २०२३ मा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी बनेको बीबीसीले जनाएको छ ।

‘इन्टरनेशनल डाटा कर्पोरेशन’ (आईडीसी) को तथ्याङ्कअनुसार सन् २०२३ मा एप्पलले २३ करोड २४ लाख थान स्मार्टफोन बेचेको थियो । यस्तै सामसङले २२ करोड ६० लाख थान स्मार्टफोन बेचेको थियो । यसैगरी साओमीले १४ करोड ५० लाख र ओप्पोले १० करोड ३१ लाख थान स्मार्टफोन बेचेका आईडीसीको तथ्याङ्कमा उल्लेख छ ।

स्मार्टफोन बजारमा एप्पलको हिस्सा २० दशमलव १ प्रतिशत छ भने दोस्रो स्थानमा रहेको सामसङको हिस्सा १९ दशमलव ४ प्रतिशत छ ।

आईडीसीका अनुसार गएको वर्ष १ अर्ब २० करोड थान स्मार्टफोन बेचिएको थियो । यो सङ्ख्या सन् २०२२ को तुलनामा ३ प्रतिशतले कमी हो । यो सङ्ख्या पछिल्लो दशकको सबैभन्दा कम हो ।

बढ्दो नियामक चुनौती र चीनमा हुवावेसँगको प्रतिस्पर्धाका बाबजुद एप्पलले यो उपलब्धि हासिल गरेको आईडीसीले बताएको छ । एप्पलको आक्रामक योजना र ब्याजरहित किस्ता सुविधाले पनि बिक्री बढेको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया