सरकारको वर्तमान शिक्षा नीति हुनेखानेको पक्षमा: डा भट्टराई

 जेठ २७, २०७५ आइतबार १४:२३:२६ | उज्यालो सहकर्मी

काठमाडौं – नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गराउने कानुन निर्माण गर्न सरकारलाई दवाव दिनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले यस्तो दवाव दिनुभएको हो ।

उहाँले आउँदो असोज ३ गतेभित्र संविधानमा व्यवस्था गरिएको सबै मौलिक हकलाई लागू गराउन कानुन बनाईसक्नुपर्ने भए पनि सरकार त्यसमा गम्भीर नभएको आरोप पनि लगाउनुभयो ।

उहाँले विद्यार्थी संगठनहरुलाई शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गराउन दवाव आन्दोलन सुरु गर्न पनि आह्वान गर्नुभयो । 

संयोजक भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क र उच्च शिक्षामा आवश्यक छात्रवृत्तिको व्यवस्था गराउन सरकारलाई दवाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गर्नुभयो । 

उहाँले वर्तमान सरकारले हुनेखानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: चैत २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया