जापानी रोबोट चन्द्रमामा अवतरण : तर सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा

 माघ ६, २०८० शनिबार ९:१५:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रहमा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

तर इन्जिनियरहरू अहिले मिसन बचाउन संघर्ष गरिरहेका छन् । यसको सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा परेको छ । यसअघि भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिकै मानवरहित यान अवतरण गराउने पहिलो देश बनेको थियो ।

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया