गएको वर्ष संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको चीनकाे दाबी

 माघ ६, २०८० शनिबार १८:७:४० | एजेन्सी
unn.prixa.net

चीनले गएको वर्ष संसारकै सबैभन्दा धेरै गाडी निर्यात गरेको दाबी गरेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीले गएको वर्ष अर्थात् सन् २०२३ मा आफ्नो देश संसारकै सबैभन्दा ठूलो अटो निर्यातकर्ता बनेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले गएको वर्ष झण्डै ५० लाख थान गाडी निर्यात गरेको दाबी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५७ दशमलव नौ प्रतिशतले धेरै हो ।

विशेष गरेर चीनमा उत्पादन भएका विद्युतीय गाडीले संसारभरका धेरै ग्राहकको मन जितेको खबरमा उल्लेख छ । गएको वर्ष चीनले १२ लाख थानभन्दा धेरै विद्युतीय गाडी निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै ७८ प्रतिशतले धेरै हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया