आउँदो बिहीवारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा
चैत ३, २०८१ सोमबार
काठमाण्डाैं – प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद रामसहाय यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा उठाउनुपर्ने त्यहाँको बस्तीलाई समूहगत पुनर्बासको व्यवस्था गर्न माग गर्नुभएको छ ।
मुआब्जा लिन स्थानीयले नमानेको भन्दै उहाँले भाषा, संस्कृति अनुसार पुनर्बासको व्यवस्था गर्न माग गर्नुभयो । उहाँले मुआब्जा वितरणका लागि सरकारले तय गरेको मापदण्ड पनि समयअनुसार नभएको भन्दै पुनः मूल्य निर्धारण गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद पूर्णकुमारी सुवेदीले मनसुनको समय सुरु हुनै लाग्दा बाढी र डुबानले तराईका जिल्लाबासी भयभीत भएको भन्दै बाढीको पूर्व तयारीबारे सरकारको योजनाबारे जानकारी माग गर्नुभयो ।
उहाँले लक्षमणपुर बाँधले त्यस क्षेत्रका बासिन्दाल निकै पीडा भोग्नुपरेको भन्दै बाँध भत्काउन सरकारले आदेश दिनुपर्ने बताउनुभयो । उहाँले संसद भवन अन्र्तगतको महिला बाथरुम अत्यन्तै असुरक्षित र अप्ठ्यारो भएकोबारे सभामुखको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बोलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।