चिसो बढेपछि दाङको लमही नगरपालिकाका विद्यालयमा पठनपाठन बन्द

 माघ ९, २०८० मंगलबार १२:११:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - अत्यधिक चिसो बढेकोसँगै दाङको  लमही नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

चिसोले बालबालिकालाई असर पुर्याउन थालेपछि पठनपाठन बन्द गर्ने निर्णय भएको हो ।

हिजो बसेको नगर कार्यपालिका बैठकले आज माघ ९ गतेदेखि माघ १२ गतेसम्म नगरभित्रका निजी र सामुदायिक विद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको शिक्षा शाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया